अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित

तान्जानिया, २ जेठ : तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
एमबेया क्षेत्रमा पर्ने क्येलामा घटना भएको क्येला जिल्लाका कार्यकारी अधिकृत सालोम मागाम्बोले बताउनुभयो ।
“हामीले १४ ओटा शरणार्थी शिविर बनाएका छौँ, ती शिविरहरु विद्यालय र चर्चमा छन्, त्यहाँ २५ सय ७० जनालाई राखिएको छ,” मागाम्बोले भन्नुभयो ।
उहाँले कतिपय व्यक्तिहरुलाई माथिल्लो भागमा घर भएका आफन्त र साथीहरुले आश्रय दिएको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.