हवाई आक्रमणमा १२ जना मारिए

नाइजेरिया, १ जेठ : नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् ।

देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन् ।

मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal