अमेरिकी अग्रसरतामा सिरियामा कारबाही

दमास्कस, २७ बैशाख : सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ ।

सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए ।

इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ ।

सिरियाली सरकारले हालैमात्र सिरियाको सबै भूभागलाई सिरिया सरकारको नियन्त्रणमा लिइने जनाएको थियो ।

एसडीएफ समेतका कुर्दिस समूहहरुलाई पनि सिरियालाई केन्द्रमा राख्न सरकारले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.