सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने

सोल, २४ बैशाख : दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो । यस.वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

यस वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको सहयोगका विषयमा वार्ता हुने जनाइएको छ ।

गत शनिबार उत्तर कोरिया पूर्वीय तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेस्यास्त्र प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.