दक्षिण लिबियामा ९ जना सैनिकको हत्या

त्रिपोली, २१ बैशाख : लिबियाको दक्षिणी शहर सबास्थित तालिम केन्द्रमा भएको आतङ्कवादी आक्रमणमा नौ जना सैनिकको ज्यान गएको छ ।

सैनिक स्रोतका अनुसार आतङ्ककारीहरुले स्थानीय समय अनुसार बिहानै ५ बजे तालिम केन्द्रमा आक्रमण गरेका थिए ।

सैनिक स्रोतले इस्लामिक स्टेटका लडाकूले आक्रमण गरेको हुनसक्ने बताएको छ । लडाकूहरु हातहतियार सहित सैनिक बाहनमा चढेर तालिम केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

लिबियाको दोस्रो ठूलो शहर सबालाई गत जनबरीदेखि पूर्वी क्षेत्रमा सक्रिय सैनिकहरुले कब्जामा लिइरहेका छन् ।

लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ । सरकार समर्थित सैनिक र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तार समर्थित सैनिकबीच चलिरहेको भिषण युद्धका कारण सयौंको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.