गाजा पट्टिबाट इजरायलतर्फ करिब ५० ओटा रकेट प्रहार, आक्रमणमा एक प्यालेस्टाइनीको मृत्यु
इजरायलको हवाई आक्रमणमा एक प्यालेस्टाइनीको मृत्यु
गाजा पट्टिमा शनिबार इजरायलतर्फबाट भएको हवाई आक्रमणमा परी एक प्यालेस्टिाइनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उत्तर गाजातर्फ भएको यस हवाई आक्रमणमा परी २२ बर्षीय इमाद नासिरको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ ।
मारिएका ती व्यक्ति कुुनै आतङ्ककारी समूहसँग आवद्ध हो कि होइन भने प्रष्ट नभएको समाचारमा जनाइएको छ ।
गाजा पट्टिबाट शनिबार दर्जनौ रकेट इजरायलतर्फ प्रहार गरिएको इजरायली सैनिकले जानकारी दिएको थियो ।
