विद्युतीय धरापमा परी १८ लडाकूको मृत्यु

बामाको, २० वैशाख : दुई ओटा विद्यूतीय धरापमा परी मालीमा १८ लडाकुको मृत्यु भएको छ ।
देशको तनावग्रस्त क्षेत्रमा बुधबार र बिहीबार भएका घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
बुधबार भएको विस्फोटनमा परी १२ जनाको मृत्यु भएको थियो । एक सैनिकको मृत्यु हुनेगरी विस्फोटन भएको खवर पाएपछि घटनास्थलतर्फ जाँदै गर्दा उनीहरु पनि विद्युतीय धरापमा परेका हुन् ।
उही समूहले थापेको अर्को धरापमा परी अन्य छ जना मारिएको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.