बेलायती स्थानीय निर्वाचन : कन्जर्भेटिभ पार्टीलाई क्षति
उनीहरूलाई यूरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयलाई समाधान गरेर अघि बढ्न नसक्दा उक्त नतिजाको सामना गर्नु परेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार उल्लेख गरेका छन् ।
स्थानीय निर्वाचनमा मतदाताहरूले सत्ताधारी उदारवादी समूहका नगर तथा शहरी क्षेत्रका सयौँ काउन्सिलरलाई पराजित गराएका छन्, जसलाई विश्लेषकहरूले ब्रेक्जिट बिषयलाई सल्टाउन असफल हुननै मुख्य कारण बताएका छन् ।
तर मुख्य प्रतिपक्षी लेबर पार्टीले पनि ब्रेक्जिटमा सत्ताधारी दलसँग समन्वय गरेर अघि बढ्न नसकेको कारण मतदाताबाट तीतो जवाफको सामना गर्नु परेको छ ।
शुक्रबार दिनको मध्यान्नसम्म गनिएको मत अनुसार दुबै दललाई अनपेक्षित मत परिणाम आउने पक्का पक्कीजस्तो देखिएको छ । पछिल्लो नतिजा अनुसार कन्जर्भेटिभ पार्टीका यस अघि कब्जामा रहेका ४०० सीट गुमेका छन् भने लेबर पार्टीका करिब ९० सीट गुमेका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा बेलायती राजनीतिमा यस पहिले तेस्रो स्थानमा रहेको लिबरल डेमोक्रेट्सले करिब ३०० सीटमा विजय हाँसिल गरेका छन् । यो दुई ठूला दलले गुमाएका सीटबाट आएको नतिजा भएको सञ्चारमाध्यमले जनाएका छन् ।
कन्जर्भेटिभ पार्टीका अध्यक्ष ब्रान्डन लेविसले मत गणनाको बिहीबारको रात एउटा जटील रात बनेको बताउनुभएको छ ।
हामीले यो बर्ष कन्जर्भेटिभ दलका लागि कठीन बर्ष रहने अपेक्षा त गरेका नै थियौ तर ब्रेक्जिटको नतिजाबाट जनतामा अत्यधिक निराशा छाएको महशुस प्रारम्भिक मत परिणामबाट महशुस भएको छ ।
“सत्ताधारी तथा प्रतिपक्षी दललाई यो एक स्पष्ट सन्देश भएको छ कि ब्रेक्जिटलाई छिट्टै टुङ्ग्याउनु पर्छ,” अध्यक्ष लेविसले बताउनुभयो ।
लिबरल डेमोक्रेट्सका प्रवक्ता तथा वेस्टमिनिस्टरबाट प्रतिनिधित्व गर्ने सांसद एद डाभेले नतिजाबारे भन्नुभयो, “नतिजा आश्चर्यजनक देखिएको र हामी यसको मुल्याङ्कनसहित जनतामा छिट्टै जानेछौँ ।”
