दक्षिण अफ्रिका : निर्वाचन मे ८ मा नै गर्न सम्भव हुने निर्वाचन आयोगको भनाई

प्रेटोरिया, दक्षिण अफ्रिका, १९ वैशाख : दक्षिण अफ्रिकाको निर्वाचन आयोगले आगामी मे ८ मा निर्वाचन गर्न आयोगको तयार रहेको बिहीबार बताएको छ ।
यस पहिले घोषित निर्वाचनको मिति एक हप्तामात्र बाँकी रहँदा विभिन्न पक्षले निर्वाचन तोकिएकै समयमा हुने कुरामा अविश्वास व्यक्त गर्न थालेपछि निर्वाचन आयोगले तोकिएको समयमा नै निर्वाचन गर्न सम्भव भएको जनाएको हो ।
निर्वाचन आयोगले भनेको छ, “तोकिएकै समयमा छैठौँ राष्ट्रिय तथा प्रान्तीय निर्वाचन गर्न आयोगले सम्पूर्ण तयारी गरिसकेको छ ।”
“निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ तयारी नपुगेको कारण निर्वाचन सार्नुपर्ने आवश्यकता छैन अव तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सकिन्छ,” प्रमुख निर्वाचन आयुक्त साई मामाबोलोले भन्नुभयो ।
निर्वाचनका लागि देशभर २२ हजार मतदान केन्द्रको व्यवस्था गरेको र मतदानका लागि दुई करोड ६७ लाख मतदाताको नाम दर्ता भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.