‘भेनेजुयली सैनिक’ को एक समूहद्वारा गुएइदोलाई समर्थन गरेको दावी
काराकस, भेनेजुयला, १७ वैशाख : भेनेजुयलाको प्रतिपक्षी नेता हुवाँ गुएइदोले ‘बहादुर सेना’ को एक समूहले आफूलाई समर्थन र सहयोग गरेको मङ्गलबार बताउनुभएको छ ।
तर भेनेजुयलाको सरकार तथा राष्ट्रपति निकोलस मदुरो प्रशासनले सैन्य कू को प्रयास भएको भन्ने सूचनालाई खण्डन गरेको छ ।
गुएइदोले राजधानी काराकसस्थित वायुसेनाको एक शिविरमा रेकर्ड गरिएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको श्रव्यदृष्यमा उक्त दावी गर्नुभएको हो ।
आज बहादुर सेना, बहादुर देशप्रेमी, बहादुर सिपाही, जसले भेनेजुयली संविधानलाई समर्थन गर्दै आएका थिए, ले हाम्रो आग्रहमा समर्थन जनाएका छन्,” गुएइदोले सैनिक पोशाकमा रहेका साना समूहसँगै उभिएर खिचेको भिडियोमा भनिएको छ ।
सोही भिडियोमा प्रतिपक्षी नेता लियोपोल्दो लोपेजले आफूलाई गुएइदो समर्थक सेनाले ‘जेलमुक्त’ गराएको बताउनुभएको छ । तर भेनेजुयलाको सरकार तथा राष्ट्रपति निकोलस मदुरो प्रशासनले सैन्य कू को प्रयास भएको भन्ने सूचनालाई खण्डन गरेको छ ।
