म्यानमारका छ हजार कैदीलाई आम माफी

याङ्गुन, १३ वैशाख : म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै छ हजार कैदीलाई आम माफी दिने भएको छ ।

तेस्रो चरण अन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ बर्षको अवसरमा आम माफी दिन लागिएको राष्ट्रपति कार्यालयका प्रवक्ता उ जाव ह्तायले शुक्रबार जानकारी दिनुभयो ।

तेस्रो चरण अन्तर्गत आम माफी पाउने कैदीमा लागुऔषध दुव्र्यसनी, जातीय द्वन्द्व बढाउनेहरू र केही अन्य राजनीतिक बन्दी पनि रहेका छन् ।

राष्ट्रपतिको आदेश अनुसार यसअघि पहिलो र दोस्रो चरणमा नौ हजार ५५१ जनालाई विना शर्त आम माफी दिइएको छ । त्यतिबेला आम माफी पाएका मध्ये १६ जना विदेशी रहेका छन् ।

त्यसैगरी अहिले तेस्रो चरणमा छ हजार ६४८ जनाले आम माफी पाएको अधिकारीहरुले जनाएका छन् ।

सवै गरेर अहिले सम्म आम माफी पाउनेको संख्या १६ हजार ४९९ पुगेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.