अमेरिकी पूर्व उपराष्ट्रपति जोए बिदेनद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
वासिङ्टन, १२ बैशाख : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिनुहुन्छ ।
अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिनुभएको छ ।
ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उहाँले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताउनु भएको छ ।
“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उहाँले ट्वीटरमा लेख्नुभएको छ । “त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,” उहाँले थप स्पष्ट पार्दै लेख्नुभएको छ ।
अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहनुभएका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गर्नुभएको छ ।
उहाँले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गर्नुभएको थियो । आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।
