ब्रुनाई नदीबाट २७ सय मेट्रिक टन फोहोर संकलन

बान्डर सेरि बेगावान, ९ बैशाख : ब्रुनाई नदीमा सञ्चालन गरिएको सरसफाई अभियान मार्फत् झण्डै २७ सय मेट्रिक टन फोहोर संकलन गरिएको छ ।

गत बर्षको अप्रिलदेखि अहिले सम्मको एक बर्षको अवधिमा २६ सय ८३ मेट्रिक टन फोहोर संकलन गरिएको ब्रुनाईका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

संकलन गरिएको फोहोर मध्ये ५७ हजार नौ सय ११ टन प्लास्टिकको झोला मात्रै रहेको उनीहरुले बताएका छन् ।

स्थानीय एक पत्रिकाले लेखेको समाचार अनुसार ब्रुनाई दारुसालाम विश्वविद्यालय मार्फत् गरिएको अध्ययनले यस्तो देखाएको हो ।

विश्वविद्यालयको वातावरण, पार्क र पुनर्सृजना विभागले सन् २०१८ को अप्रिल महिनादेखि ब्रुनाई नदीमा सफाई अभियान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.