फिलिपिन्समा भूकम्प, छ जनाको मृत्यु

मनिला, ९ बैशाख : राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्पका कारण दुई भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

“भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक शहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ शहरमा भवनको भग्नावशेषमा तीन मृत शरिर फसेका छन्,” एबीएस–सीबीएन टेलीभिजनले प्रान्तीय गभर्नर लिलिया पिनेडालाई उद्धृत गरी समाचार प्रशारण गरेको छ ।

शहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने गभर्नर पिनेडाले बताउनुभयो ।

साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उहाँले बताउनुभयो ।

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.