पाकिस्तानी विदेशमन्त्रीको जापान भ्रमण

इस्लामाबाद, ७ बैशाख : पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले आइतबारदेखि जापानको चार दिने भ्रमण गर्नुहुने भएको छ ।

रेडियो पाकिस्तानका अनुसार भ्रमणका क्रममा मन्त्री कुरेसीले जापानी समकक्षीसहित उच्च पदस्थ जापानी अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुहमद फैजलले एक विज्ञप्ति जारी गरी दुबै मुलुकबीच रहिआएको सम्बन्धलाई थप सुदृढ गर्न तथा सहयोगका नयाँ क्षेत्रहरु पहिल्याउन भ्रमण निकै महत्वपूर्ण हुने बताउनुभएको छ ।

भारत नियन्त्रित काश्मिरको पुलवामा गत फेब्रुअरीमा आत्मघाती आक्रमण भएपछि उत्पन्न भारत पाकिस्तान तनाबका कारण पाकिस्तानी विदेशमन्त्रीको पूर्व निर्धारित जापान भ्रमण स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.