‘पुटिन–किम भेट द्विपक्षीय सम्बन्ध विस्तार र कोरियाली प्रायद्वीप समस्यामा केन्द्रित रहने‘

मस्को, रूस, ६ वैशाख : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका उच्च नेता किम जोङ–उनबीचको भेटवार्ता द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने बिषयमा केन्द्रित रहने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, “छलफलका बिषयहरू धेरै बृहत् छन् । सर्वप्रथम यहाँ हामीले दुई छिमेकी मुलुकका प्रमुखबीच जोडिएका बृहत् सीमाका बिषयमा छलफल हुनेछ ।”

“रूसले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नेछ,” उहाँले बताउनुभयो ।

नेता किमले अप्रिलको अन्त्यसम्ममा रूस भ्रमण गर्नेबारे क्रेमलिनले बिहीबार जानकारी गराएको थियो । यो पुटिन र किमबीचको पहिलो औपचारिक भेटघाट हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal