ट्रम्पको सन्देश दक्षिण कोरियाली राष्ट्रपतिमार्फत् उत्तर कोरियाली नेता किमलाई

सिओल, दक्षिण कोरिया, ६ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने पहलस्वरूप सम्वादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कुटनीतिक श्रोतले शुक्रबार बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत् पठाइएको सन्देशलाई उत्तर कोरियाली नेता किमसम्म पु¥याउन ट्रम्पले भनेका उक्त स्रोतले बतायो ।

बिषयवस्तुको सम्वेदनशिलतालाई मध्यनजर गर्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अधिकारीले भने, “गत हप्ता भएको शिखर सम्मेलनमा राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा किमलाई सन्देश पठाइएको र पुनः अमेरिका र उत्तर कोरियाबीचको सम्वादले निरन्तरता पाउनसक्ने सम्भावना बढेको छ ।”

ट्रम्पले कुनै ठोस सुझाब नपठाएको, वार्ताको सम्भावना प्रवल रहेको र साना साना सहमति हुँदै बृहत् सम्झौताको खाका तयार गर्न सकिने राय ट्रम्पको रहेको उक्त स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलन लगत्तै मुन–ट्रम्पबीच वासिङटनमा भेटवार्ता भएको थियो ।

यद्यपि भेटवार्तामा ट्रम्पले उत्तर कोरियाबारे पठाएको भनिएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन ।

तर विश्वस्त स्रोतले दिएको जानकारी अनुसार वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्न बिस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत रहेको छ ।

उत्तर कोरियाको सुप्रिम पिपुल्स एसेम्व्लीकोे चौधौँ सभामा बोल्दै उत्तर कोरियाली नेता किमले गरेको सम्बोधनमा समस्या समाधानका लागि आफू थप अर्को वार्ताका लागि तयार रहेको बताउनुभएको थियो ।

मुनसँगको भेटपछि राष्ट्रपति ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच साना साना सम्झौता गर्दै बृहत् सम्झौताको मार्ग तय हुने सम्भावना रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.