चीनमा पाँच लाख विदेशी विद्यार्थी

बेइजिङ, २९ चैत : चीनमा गत वर्ष सन् २०१८ मा विश्वका १९६ देशका झण्डै पाँच लाख विद्यार्थीले अध्ययन गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार गत वर्ष कूल चार लाख ९२ हजार १८५ जना विदेशी विद्यार्थी अध्ययनका लागि चीन आएका छन् ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा तीन हजार १३ विद्यार्थी बढेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ती विदेशी विद्यार्थीहरू देशका ३१ प्रान्तमा रहेका विभिन्न एक हजार चार कलेजमा अध्ययन गरेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । विदेशी विद्यार्थीमध्ये ६० प्रतिशत एशिया महादेशका रहेका छन् ।

तीमध्ये कोरिया, थाइल्याण्ड र पाकिस्तानका क्रमशः सबैभन्दा धेरै रहेका छन् । चीनमा पढ्न आएका कूल विद्यार्थीमध्ये ६३ हजार जनाले चीन सरकारको छात्रवृत्ति पाएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.