मेद्वारा ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह, म्याक्रोँसँग पनि भेट्ने
बर्लिन, जर्मनी, चैत २६ : बेलायतकी प्रधानमन्त्री टरिजा मेले मङ्गलबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह गर्नुभएको छ ।
यसै हप्ताको अन्त्य इयूबाट बहिर्गमन गरिने यस पहिलेको कार्यक्रमलाई थप केही लम्ब्याएर विनासम्झौता बहिर्गमन हुने अवस्थालाई टार्न उहाँले यो आग्रह गर्नुभएको हो ।
यसै बिषयमा उहाँले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई पेरिसमा भेटी ब्रेक्जिटको समयलाई दोस्रो पटक लम्ब्याउन आग्रह गर्ने बताइएको छ ।
प्रधानमन्त्री मे ले समयसीमा लम्ब्याउन यूरोपेली सबै नेताले सहमति जनाउनेमा पनि उहाँको विश्वास छ ।
बुधबारका लागि बोलाइएको आकस्मिक भेलामा बेलायतद्वारा बे्रक्जिट प्रक्रियालाई अप्रिल १२ बाट जुन ३० मा पु¥याउन प्रधानमन्त्री मेले गरेको आग्रहलाई इयू नेताहरूको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ ।
प्रधानमन्त्रीले ब्रेक्जिट प्रक्रियाका लागि यस अघि इयू नेताहरूसँग गरेको सम्झौता बेलायती संसदबाट पटक पटक अनुमोदन नभएपछि यसका लागि थप छलफल र निर्णय लिन समयको माग गरिएको हो ।
