बाह्र सुरक्षा अधिकारी मारिए

काबुल, २५ चैत : अफगानिस्तानको पश्चिमी प्रान्त घाद्घिसमा गत २४ घण्टादेखि सुरक्षा अधिकारी तालिबान लडाकूबीच जारी झडपमा परी कम्ती १२ सुरक्षा अधिकारी मारिएका यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

हालैको वर्षमा भएका तालिबान लडाकू समूहले गरेको आक्रमणमा पछिल्लो यो आक्रमण भीषण भएको बताइएको छ ।

गत २४ घण्टामा तालिबान लडाकू समूहले बाला मुर्घाब शहरनजिकै कैयौ प्रहरी चौकी कब्जा गरेर भीषण आक्रमण गरेका थिए ।

शृखलाबद्धरुपमा सरकारी प्रहरी चँौकीमा गरेको यस आक्रमणमा परी १२ जना सुरक्षा अधिकारी मारिएका छन् । यस संकटपूर्ण अवस्थालाई नियन्त्रणमा लिनको लागि सुरक्षा अधिकारीको पनि बृद्धि हुनु पर्ने बादघिस प्रान्तीय परिषदका प्रमुख अब्दुल अजिज बेगले बताउनु भएको छ ।

सन् २०१४ सेप्टेबरमा असरफ घानीले राष्ट्रपति पद सम्हानु भएयता अफगानिस्तानमा ४५ हजार सुरक्षा अधिकारीले ज्यान गुमाएका गत जनवरीमा घानीले बताउनु भएको छ ।

त्यसै गरी अफगानिस्तानमा कैयाँै स्थानमा भएका छुद्वाछुट्टै घटनामा परी कम्तीमा १४ जना तालिबान लडाकू मारिएका छन् ।

दुर्गम जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको यस झडपमा परी तीन सुरक्षा अधिकारी पनि घाइते भएका समाचारमा जनाइएको छ ।

अफगान राष्ट्रिय रक्षा र सुरक्षाबलले अफगानिस्तानको ३४ ओटा ठूलो जनघनत्व भएका इलाकालाई नियन्त्रणमा लिएको छ ।

तालिबान लडाकू समूहले अफगानिस्तानको ठूलो भाग अझै पनि कब्जामा लिएको हुनाले अफगानिस्तानमा द्वन्द्व जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.