शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव लिबियामा

त्रिपोली, २३ चैत : लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया आउनु भएको छ ।

भ्रमणका क्रममा उहाँले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गर्नु भएको छ ।

“मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई अहिले पनि विश्वास छ की लिबियामा भइरहेको रक्तपातको अन्त्य गर्न सकिनेछ,” उहाँले भन्नुभयो ।

देशको पूर्वी सहर बेन्घाजी प्रस्थान गर्नुअघि पत्रकारहरुसँगको कुराकानीमा उहाँले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन आह्वान पनि गर्नुभयो ।

लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटेर्रसको भनाई छ ।

लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शान्ति स्थापना गर्न सकियो भने लिबियामा सुरक्षा, सम्बृद्धि र मानवअधिकारको प्रत्याभूति गराउन सकिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.