पूर्व विदेश मन्त्री भेल्ला राष्ट्रपतिमा निर्वाचित
भाल्लेट्टा, २१ चैत : माल्टाका पूर्व विदेश मन्त्री जर्ज भेल्ला देशको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
निर्वाचित भएपछि ७६ बर्षीय भेल्लाले आफ्नो राष्ट्रपतिय कार्यकाल निश्पक्ष, मर्यादित र परिपक्व बनाउने अठोट गर्नुभएको छ ।
“देशको गरिवी हटाउन अत्यावश्यक छ, हामीले त्यसका लागि काम गर्नु छ, त्यसका लागि म सवैलाई सहयोगका लागि आग्रह गर्दछु,” उहाँले भन्नुभयो । नवनिर्वाचित राष्ट्रपति भेल्ला चिकित्सक पनि हुनुहुन्छ । यसअघि उहाँ शसक्त अभियान्ताका रुपमा चिनिनुहुन्छ ।
उहाँले भन्नुभयो, “एक जना चिकित्सक पनि भएकाले मैले जनताको स्वास्थ्यको बारेमा धेरै काम गर्नेछु, हरेकको जीवनको सम्मान गर्नु पर्नेछ ।”
प्रधानमन्त्री जोसेफ मुस्काटले उहाँको उम्मेदवारीका लागि प्रस्ताव गर्नु भएको थियो भने संसदले त्यसलाई स्विकृत गरेको थियो । उहाँको कार्यकाल पाँच बर्षको हुनेछ ।
