विगत नौ बर्षमा रूवान्डामा विद्युतको पहुँच दर ५१ प्रतिशतले वृद्धि

किगाली, रूवान्डा, १९ चैत : गत नौ बर्षमा रूवान्डाका जनताबीच विद्युतको पहुँच दर ५१ प्रतिशत पुगेको छ ।

सन् २०१० मा यहाँका करिब १० प्रतिशत जनतामा विद्युतको पहुँच रहेकोमा यसमा सन् २०१९ मा आइपुग्दा ५१ प्रतिशत पुगेको रूवाण्डा इनर्जी ग्रुप (आरइजी) ले मङ्गलबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

विद्युतको पहुच भएका घरहरूमध्ये ३७ प्रतिशतले राष्ट्रिय प्रसारणसँग पहुँच भएको छ भने १४ प्रतिशत भने स्थानीयस्तरमा उत्पादित बिजुली, सोलार, र साना प्रशारणबाट उत्पादित बिजुली प्रयोग गर्दै आएका छन् ।

भूपरिवेष्ठित अफ्रिकी मुलुक रूवाण्डामा सन् २०२४ सम्म शतप्रतिशत जनतालाई बिद्युतको पहुँच पु¥याउने सरकारको योजना रहेको छ ।

अहिले रूवाण्डामा रहेको बिद्युतमा ४२ प्रतिशत जलविद्युत, ३१ प्रतिशत थर्मल प्लान्ट, मिथेन१४ प्रतिशत र पाँच प्रतिशत सोलार योजनाले योगदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.