ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा
तेल अविव, इजरायल, १९ चैत : ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो चार दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुग्नुभएको छ ।
राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुग्नुभएको थियो । स्थानीय समयानुसार सोमबार आपराह्न उहाँहरु सो शहरमा पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।
यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् । ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री सो शहरमा केही समय रहनुभएको थियो । उहाँहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गर्नुभएको थियो ।
जेरुसेलममा ब्राजिलले व्यापार तथा सूचना प्रविधिसम्बन्धी कार्यालय खोल्ने घोषणा राष्ट्रपति बोल्सोनारोले गर्नुभएको थियो । ब्राजिलले यस कार्यालय खोल्ने कार्यक्रमको घोषणा गर्नु भनेको जेरुसेलममा ब्राजिलले आफ्नो दूतावास खोल्न लागेको कुराको संकेत भएको इजरायलले जनाएको छ ।
सो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गरेलगत्तै ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले इजरायलमा व्यापार प्रवद्र्धन र लगानीका लागि सो कार्यालय स्थापना गर्न लागिएको जानकारी आफ्नो ट्वीट अकाउन्टमार्फत गराउनुभएको छ ।
