चेचन्याका केही स्थानहरूमा प्रहरीमाथि आक्रमण

मस्को, रूस, ४ भदौ : रूसी गणराज्य चेचन्यामा सोमबार विभिन्न स्थानहरूमा प्रहरीमाथि आक्रमण भएका चेचन्याली अधिकारी बताएका छन् ।
प्रहरीलाई लक्षित गरी भएका उक्त आक्रमणहरूमा परी कैयौँ प्रहरी अधिकारीहरू घाइते भएका चेचन्याली शक्तिशाली नेता रमजान काद्यरोभले बताउनुभएको छ ।

सोमबारका आक्रमणमा एक आक्रमणकारीले आत्मघाती आक्रमणको असफल प्रयाससमेत गरेको काद्यरोभले बताउनुभयो । शाली शहरमा भएका आक्रमणमा दुई प्रहरी घाइते भएका छने भने राजधानी ग्रोन्जोमा केही ट्राफिक प्रहरीहरूमाथि आक्रमण भएका काद्यरोभले आफ्नो आधिकारिक सामाजिक सञ्जाल टेलिग्राममा लेख्नुभएको छ ।

आतङ्ककारी गतिविधिमा सम्लग्न सबैजनालाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

यसैबीच सोमबार चेचन्याका विभिन्नस्थानहरूमा भएका घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)समूहले उसको निकट मानिने अमाक न्यूज एजेन्सीमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.