धर्मगुरूको रिहाइका लागि टर्कीको शर्त अमान्य

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ४ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले टर्कीमा बन्दी बनाइएका अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेको सञ्चारमाध्यमहरूले सोमबार बताएका छन् ।

अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको हो । अनुसन्धानबाट बैङ्क दोषी ठहर भएमा उसले अर्बौँ अमेरिकी डलर बराबरको जरिवाना तिनुपर्ने हुन्छ ।

टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ । तर अमेरिकाले भने जरिबाना र अन्य विवादमा छलफल हुने सम्भावना धर्मगुरुको रिहाइ नभएसम्म असम्भव रहेको ह्वाइट हाउसका अधिकारीले बताएका वालस्ट्रिट जर्नलले जनाएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सहयोगी राष्ट्र नेटोले ब्रन्सोनलाई पहिलो प्राथमिकताका साथ पक्राउ गर्नु गलत भएको नाम गोप्य राख्ने शर्तमा एक अधिकारीले बताए ।

ब्रन्सोनको पक्राउबाट चिढिएको अमेरिकी ट्रम्प प्रशासनले टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलमा कर बढाएको थियो । यसको प्रतिक्रियामा अङ्काराले पनि अमेरिकी उत्पादनमा चर्को कर वृद्धि गरेको छ ।

दुई देशबीच चलेको विवादका कारण भएको व्यापार युद्धले टर्कीको मुद्रामा अमेरिकी मुद्राको तुलनामा व्यापक गिरावट आएको र टर्कीको अर्थतन्त्रमा सङ्कट निम्त्याएको छ ।

टर्कीको अदालतले ब्रुन्सोनको रिहाइका लागि गरिएको अर्को निवेदनलाई पनि अस्वीकार गरेको छ । टर्कीले बैङ्कमाथिको अनुसन्धान रोकेमा वासिङ्टनप्रति नरम बन्ने सङ्केत गरेको छ । तर वासिङ्टनले थप प्रतिबन्ध लगाएमा टर्कीले पनि उचित कदम आगामी दिनमा लिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.