जर्जिया नेटोमा आबद्ध हुन्छ : स्टोल्टेन्बर्ग

टिब्लिसी, ११ चैत : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध गरेपनि जर्जियालाई नेटोको सदस्यता प्रदान गरिने बताउनुभएको छ ।

तत्कालीन सोभियत सङ्घबाट टुक्रिएर स्वतन्त्र राष्ट्र बनेको जर्जियालाई नेटोको सदस्यता नलिन निरन्तर दबाब दिँदै आएको छ ।

गत सातादेखि शुरु भएको १२ दिने नेटो–जर्जिया सैनिक अभ्यासको निरीक्षणका क्रममा स्टोल्टेन्बर्ग जर्जियाको राजधानी टिब्लिसीमा हुनुहुन्छ ।

“नेटोमा आबद्ध २९ मुलुकले जर्जियालाई सदस्यता दिनेमा सहमति जनाइसकेका छन्,” स्टोल्टेन्बर्गले टिब्लिसीमा जर्जियाका प्रधानमन्त्री मामुका बाख्टाजसँगै आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

महासचिव स्टोल्टेन्बगले रुसको नामै लिएर नेटोको खुला–प्रवेश नीतिमा कुनै पनि मुलुकले हस्तक्षेप गर्ने अधिकार राख्दैन भन्नुभयो । “हामी रुस वा अरु कुनै शक्ति राष्ट्रले नेटोमा आबद्ध सदस्य राष्ट्रले गर्ने कार्यहरुका बारेमा निर्णय गर्न सक्दैनन् र त्यो हामीलाई स्वीकार्य छैन,” उहाँले बताउनुभयो ।

सन् २००८ मा रोमानीयामा आयोजित सम्मेलनमा नेटोका नेताहरुले जर्जिया नेटोमा आबद्ध हुन सक्ने बताएका थिए तर जर्जिया अझै पनि नेटोको औपचारिक सदस्य बन्न सकेको छैन ।

नेटोमा जर्जियाको प्रवेशलाई रुसले आफ्नो मुलुकमाथि विस्तारै हस्तक्षेप गर्न चाहेको रुपमा व्याख्या गरिरहेको छ ।

जर्जियाका प्रधानमन्त्री बाख्टाजले आफ्नो मुलुकको सुरक्षाका बारेमा निर्णय गर्ने अधिकारमाथि अर्को मुलुकले हस्तक्षेप गर्न नपाउने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal