ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार इजरायल भ्रमणमा

जेरुसलेम, ३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सुल्लाहकार इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग भेटवार्ता गर्न आइतबार इजरायल आइपुग्नुभएको छ । सिरिया, इरान र गाजा क्षेत्रका विषयमा द्विपक्षीय चासो भइरहेको सन्दर्भमा यस्तो भ्रमण हुन लागेको हो ।

इजरायल प्रस्थान गर्नुअघि जोन बोल्टनले ट्वीट गर्दै “अमेरिका र इजरायलबीचको द्विपक्षीय सरोकारका विषयका साथै राष्ट्रिय सुरक्षाका विविध विषयहरुमा प्रधानमन्त्री नेतान्याहू र अरु पदाधिकारीसँग छलफल गर्दैछु” भन्नुभएको छ ।

बोल्टनले यसपछि युक्रेन र जेनेभाको पनि यात्रा गर्नुहुनेछ जहाँ उहाँले रुसी अधिकारी निकोलाई पात्रुशेभसँग भेटघाट गर्नुहुनेछ ।

ह्वाइट हाउसका अनुसार, जेनेभामा हुने रुसी अधिकारीसँगको भेटमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हेल्सीन्कीमा गत जुलाईमा दुई नेताबीच भएको शिखर वार्ताको समीक्षा हुनेछ ।

इजरायली अधिकारीसँग हुने वार्ताको कार्यसूचीका बारेमा विस्तृत रुपमा केही बताइएको छैन । प्रधानमन्त्री नेतान्याहूसँगको भेट भने सोमबार बिहानका लागि तय गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.