‘एलो रिभर’को पानी सिओनगानमा

झेङझाओ, चीन, ३० फागुन : चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ ।

नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो ।

नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर २९ देखि काम शुरू गरी सन् २०१९ को मार्च १० मा सम्पन्न गरेको हो ।

वैयाङदिअन तालको वातावरणलाई सुधार गर्ने र धार परिवर्तन गरिएको नदीको पानी जाने बाटोमा पर्ने शहरी क्षेत्रमा खानेपानीको अभाव पूर्ति गर्ने लक्ष्य आयोजनाको रहेको हेनान एलो रिभर विभागले जनाएको छ ।

हेनान प्रान्तको पुयाङ जिल्लाबाट नदीको पानीलाई नहरका रूपमा धार परिवर्तन गराइएको र वैयाङदिअन तालसम्म पु¥याइएको छ ।

आयोजना स्थायी पानी संरक्षणका कार्यक्रम अन्तर्गतको पहिलोे नमूना योजना हो । बेइजिङबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने नयाँ आर्थिक इलाका हो ।

उक्त आयोजना अन्तर्गत पथान्तर गरिएको करिब २६ करोड क्युविक मिटर पानी शहरी क्षेत्रको पानीको अभाव, स्थानीय वातावरण, सिंचाइ तथा उद्योगको आवश्यकतालाई सम्बोधन गर्न बाटोमा नै वितरण गरिएको छ भने ८ करोड क्युविक मिटर तालमा मिसाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal