जर्मनीका राजदूत निस्कासनबारे भेनेजुयलाले पुनः सोच्नेछ : इयू

ब्रसेल्स, जर्मनी, २३ फागुन : भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनःविचार गर्नेमा यूरोपेली संघ (इयू) आशावादी रहेको बिहीबार इयूले जनाएको छ ।

द्वन्द्वरत पक्षसँग सबै प्रकारका सञ्चार कायम राख्न चाहेको र यसमा भेनेजुयलाको निर्वाचित मदुरो सरकारले सोचविचारसहित अघि बढोस् भन्ने आफ्नो धारणा रहेको इयूले बताएको हो ।

“भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश छोड्न दिइएको दवावप्रति हामी खेद व्यक्त गर्दछौँ,” इयू विदेश नीति प्रमुख फेडरिका मोघेरिनीका प्रवक्ता माजा कोसियान्किले भन्नुभयो ।

“भेनेजुयलाले राजदूत फिर्ता गर्ने निर्णयलाई पुनः सोच्नेमा हामीले विश्वास लिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.