अमेरिकाले थप प्रतिबन्त्र लगाए टर्कीले प्रतिकार गर्ने

इस्तानबुल, टर्की, १ भदौ : अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ ।

अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ । अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ ।

टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार संगठनको कानूनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौँ र यसलाई निरन्तरता दिनेछौँ ।”  वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिवन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो ।

यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.