भारतीय प्रधानमन्त्री केरलाको बाढी निरीक्षणमा

नयाँ दिल्ली, १ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार केरला राज्यमा आएको बाढीको अवस्था बुझ्न त्यसतर्फ जान लाग्नु भएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी भिजायनसँग बाढीको अवस्थाको विषयमा टेलिफोन वार्ता भएको र आफू केरलातर्फ जाने प्रधानमन्त्री मोदीले बिहीबार गर्नु भएको ट्वीटमा जानकारी दिनु भएको छ ।

केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीहरुले जनाएका छन् । केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरो प्रभावित क्षेत्रबाट पछिल्लो समय ९२६ व्यक्तिलाई सुुरक्षित स्थानमा सारिएको राष्ट्रिप प्रकोप व्यवस्थापन केन्द्र (एनसीएमसी) ले जानकारी दिएको छ ।

उद्धार कार्यका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको एनसीएमसिले जानकारी दिएको छ ।

मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

केही दिनदेखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।

शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।”

बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.