पुटिन र नेतान्याहुबीच फोनवार्ता
जेरुसेलम, ९ फागुन : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ ।
रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो ।
“उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उहाँहरुका बीचमा क्षेत्रीय र आपसी हितका दुई पक्षीय विषयमा भेटवार्ता हुने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।
