सोमालियाका उप महान्यायाधिवक्ताको हत्या

मोगादिशु, ९ फागुन : सोमालियाको राजधानी मोगादिशुमा दुई सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन् ।

उपमहान्यायाधिवक्ताले सवारी साधन चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उहाँको निधन भएको अधिकारीहरुले बुधबार बेलुका जानकारी दिएका छन् ।

एक जना प्रहरी अधिकृत हसन गेल्लेका अनुसार मोगादिशुको होडान जिल्लाको सिगाल भन्ने ठाउँमा उपमहान्यायाधिवक्ता मोहम्मद मुर्सलको हत्या भएको हो ।

“हतियारधारी व्यक्तिले उपमहान्यायाधिवक्तालाई गाडी रोक्न आदेश दियो, अनि गोली प्रहार गरेर हत्या गरे,” गेल्लेले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँका अनुसार हत्या गरेपछि उनीहरुले मुर्सल र उहाँको गाडीलाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए । घटना भएको केहीसमयपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो ।

अलकायदा आवद्ध अल शबाब समूहले मुर्सलको हत्या गरेको जिम्मेबारी लिएको छ । हत्याको कारण भने नखुलाएको समाचारमा जनाइएको छ ।

उहाँको आमाको पनि हतियारधारीहरुले हत्या गरेका हुन् । सन् २०१७ को सेप्टेम्बर २७ तारिखका दिन उहाँकी आमा अनाब हासीको हत्या गरेका थिए । उहाँ राष्ट्रिय महिला संगठनको महासचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.