सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

जलालाबाद, ७ फागुन : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ ।

यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.