‘शान्तिका लागि बङ्गलादेश राष्ट्रसङ्घको लक्ष्यमा पूर्ण प्रतिवद्ध’
संयुक्त राष्ट्रसंघ, २९ माघ : स्थायी शान्तिबारे संयुक्त राष्ट्रसंघको सोचप्रति बङ्गलादेशको पूर्ण समर्थन रहने राष्ट्रसंघका लागि बङ्गलादेशका विशेष प्रतिनिधिले बताएका छन् ।
शान्ति स्थापना अभियानका लागि संयुक्त राष्ट्रसंघको विशेष समितिमा बोल्दै राष्ट्रसंघका लागि बङ्गलादेशका विशेष प्रतिनिधि मसुद बिन मोमेनले भन्नुभयो, “बङ्गलादेशले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले शान्तिको पहलका लागि गरेको आह्वानलाई पूर्णतया पालना गर्छ, समर्थन गर्छ ।”
“महासचिवको शान्ति र सुरक्षाको संरचनागत सुधारलाई हामी स्वागत गर्छौँ,” उहाँले भन्नुभयो । “हामीले चाहन्छौँ राष्ट्रसंघीय शान्ति कार्यक्रमबाट सुधार प्रयासको सकारात्मक प्रभावले सम्बन्धित देशको सुरक्षा तथा प्रक्रियागत सुधार तथा सामरिक प्रभावकारिताका लागि हाम्रो जोड रहनेछ ।”
शान्ति स्थापना र विदेश नीतिबारेमा बङ्गलादेशको महत्वपूर्ण प्राथमिकता रहने गरेको छ, उहाँले बताउनुभयो ।
विश्वव्यापी शान्ति स्थापनार्थ धेरै सेना पठाउने मुलुकमध्ये बङ्गलादेश पनि एक महत्वपूर्ण मुलुक हो ।
