राहुल झुटको नायक भएको शिवराजको आरोप

भडोडारा, भारत, २७ माघ : भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाउनु भएको छ ।

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ ।

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिनु भएको थियो ।

यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहो¥याउन गरेको आरोप लगाउनुभएको थियो ।

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राख्नभएको हो । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्काे तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal