चीनमा ११ को मृत्यु, नौ घाइते

हेफेइ, चीन, २७ माघ : चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरु चार जना घाइते भएका हुन् ।

स्थानीय समयअनुसार विहान ५.१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

घाइते अरु चार जनाको अवस्था स्थीर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समय अनुसार ८.११ बजे विहान लुजिङको हेफेइमा भएको हो ।

यस दुर्घटनामा पनि छ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal