इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी

तेहरान, इरान, १९ माघ : इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ ।

एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन । इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ ।

“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो ।

“इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेका छ ।” उहाँले बताउनुभयो । उहाँले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.