मङ्गोलियाका सभामुखलाई पदबाट हटाइयो

उलान बाटोर, १५ माघ : संसदमा रहेका बहुमत सांसदहरुले मङ्गोलियाका सभामुखलाई हटाएका छन् ।

पदको दुरुपयोग गरेको पुष्टि भएको भन्दै सांसदहरुले सभामुख मियेगोम्बो एन्खबोल्डलाई मङ्गलबार पदबाट हटाएका हुन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार उहाँलाई हटाउने की नहटाउने भन्ने बारेमा भएको निर्वाचनमा ६६.२ प्रतिशत मत उहाँको विपक्षमा परेको थियो ।

मङ्गोलियाको संसदमा ७६ सिट रहेको छ । आधा भन्दा बढी अर्थात् ३९ जना सांसदहरूले सभामुखलाई हटाउने पक्षमा उभिएका थिए ।

उहाँले गतल काम गरेको पुष्टि भएपछि केही सांसदहरूले उहाँलाई पद त्याग्न प्रस्ताव गरेका थिए । तर उहाँले अस्विकार गरेपछि मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.