चीनको उत्तरपूर्वी शहर चाङचुनमा अपार्टमेन्ट भवनमा विस्फोट
चाङचुन, चीन, ११ माघ : चीनको उत्तरीपूर्वी शहर चाङचुनमा एउटा अग्लो भवनमा शुक्रबार विष्फोट भएको छ ।
आपराधिक मनसायले गरेको आक्रमणबारे अनुसन्धान शुरु भएको चिनियाँ अधिकारीले बताएका छन् ।
स्थानीय अग्नि नियन्त्रण ब्रिगेडलाई घटनाको लगत्तै स्थानीय समय अनुसार शुक्रबार दिउसो ३ः२० मा सूचना भएको र तत्काल घटनास्थलमा पुगी विष्फोटस्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याएको स्थानीय प्रशासनलाई उद्धृत गरी चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
वान्डा प्लाजा नामक अपार्टमेन्ट भवनको ३० औँ तलामा भएको विस्फोटभन्दा करिब तीन मिनेट पहिले पनि आक्रमणकारीले पार्किङ गरीराखिएको एउटा कारमा विस्फोट गराएको थियो ।
आक्रमण के उद्देश्यले गराइएको थियो वा आक्रमणमा कसको हात रहेको थियो भन्ने अनुसन्धानपछि मात्र बताउनसक्ने स्थानीय सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
