नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग

जेरुसेलम, २७ साउन : गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गर्नुभएको छ ।

इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गर्नुभएको छ । इजरायल र हमास समूहबीच दीर्घ–कालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो । पहलबारे इजरायली पक्षद्वारा भने कुनै प्रतिक्रिया आएको छैन ।

जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन् । “हामी गाजामा आतङ्कवादविरोधी अभियानको मध्यतिर छौँ,” नेतन्याहुले मन्त्रीपरिषद्को बैठकको सुरुमा भन्नुभयो । “यो एउटा सशक्त कारबाहीविना अन्त्य हुनेछैन ।” उहाँले भन्नुभयो, “हाम्रो माग प्रष्ट छ । पूर्ण युद्धविराम । त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ ।”

पछिल्ला दिनहरूमा प्रधानमन्त्रीमाथि हमासविरुद्ध कडा रूपमा प्रस्तुत बन्न राजनीतिक दवाव आएको छ । यद्यपि इजरायली प्रशासन तथा हमास दुवै पक्षले युद्ध शुरु गर्ने मनस्थितिमा भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.