तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

गजनी, अफगानिस्तान, २७ साउन : अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ ।

झडपमा कम्तीमा १३ सर्वसाधारण, ९०तालिवान लडाकू र केहीको सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको स्पुटनिकले जनाएको छ । घटनामा १३३ जना घाइते भएका पनि बताइएको छ । घाइतेमध्ये अधिकांश तालिवान समर्थक रहेका बताइएको छ । शुक्रबारदेखि शुरुभएको विद्रोही तथा सरकारी सुरक्षाकर्मीबीचको भडप आइतबारसम्म पनि जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले पछिल्लो झडपमा तालिवान पक्षका १०० भन्दा बढी लडाकूको मृत्यु भएको जनाएका छन् । गजनीमा भएको भीडन्तमा विगत केही महिना यताकै ठूलो मानवीय क्षति तालिवान पक्षले व्यहोर्नु परेको पत्रपत्रिकाले लेखेका छन् । टोलो न्यूजले गजनी क्षेत्रमा भएको भीडन्तको अवस्थाबारे जानकारी लिन आइतबार नै अफगानिस्तानका सैनिक प्रमुख शरीफ याफ्ताली गजनी आउने कार्यक्रम रहेको छ ।

सरकारी २०३ टेन्डर मिलिटरी कप्र्सका अधिकारीहरूले तालिवान पक्षले निर्वाचन आयोगको कार्यालयमा आगो लगाई काबुल–कान्दाहार राजमार्ग अवरुद्ध पारेपछि शुरु भएको भीडन्त जारी रहेको पुष्टी गरेका छन् ।

अफगानिस्तानस्थित विदेशी सैनिक समूहले उक्त स्थानमा थप हवाई सहयोगको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.