पेरिस विस्फोटमा थप एकको मृत्यु
पेरिस, २९ पुस : पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटपछि भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार चार पुगेको छ ।
शनिबार भएको उक्त घटनामा भत्केको भवनको भग्नावशेष हटाउने क्रममा थप एक जनाको मृत शरीर भेटिएको हो । घटनामा एक स्पेनी नागरिकसहित दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार नै निधन भएको थियो ।
ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका एक स्पेनी नागरिकसहित दुई उद्धारकर्मीको उपचारका क्रममा निधन भएको छ भने अन्य व्यक्तिको मृत शरीर भवनको भग्नावशेषमा भेटिएको अभियोजनकर्ताको कार्यालयले आइतबार पुष्टि गरेको छ ।
घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो ।
