वार्षिक एक लाख असी हजार टन मासु निर्यात गर्नसक्ने

उलान बाटोर, २५ पुस : मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ ।

खाद्य, कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार देशबाट मासु निर्यात गर्न सकिने पूरा क्षमता एक लाख ८० हजार टन हो ।

पछिल्ला वर्षहरूमा मङ्गोलियाबाट निर्यात गरिने मासुको परिमाणमा वृद्धि भएको छ, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ हजार ९०० टन मासु तथा मासुजन्य पदार्थ निर्यात गरेको पनि जानकारी दिए ।

मासु मङ्गोलियाको मुख्य उत्पादन मानिन्छ । यहाँको मासुको मूल्य पनि सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal