लागुऔषध ओसारपसारको आरोपमा २१ जनालाई जेल सजाय

काबुल, २४ पुस : लागुऔषध ओसारपसार गरेको आरोपमा अफगानिस्तानको एक अदालतले २१ जनालाई जेल सजायको फैसला गरेको छ ।

लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो ।

मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ ।

दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी हिरोइन, ३१ केजी अफिम, १०९ केजी गाँजा, र एक केजी मेटाफेटामिन बरामद गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal