एअर इन्डियाद्वारा कर्मचारीको तलब दिन ढिलाई

नयाँ दिल्ली, भारत, २५ साउन : ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ । भारतको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीमा कार्यरत कर्मचारीले अगस्टको १० दिन काटिसक्दा पनि जुलाईको तलब पाउन सकेका छैनन् ।

तलबमा समस्या आएपछि आक्रोसित कर्मचारी भारतीय व्यवसायिक चालक संघ (आइसीपीए)का महासचिब क्याप्टेन दीपाङ्कर गुप्ताले कम्पनीका अध्यक्ष तथा महानिर्देशकलाई पत्राचार गर्नुभएको छ ।

पत्रमा कर्मचारीको तलबमा भएको ढिलाइबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, यो कुरा जानकारी गराउँदा मलाई दुख लागेको छ कि राष्ट्रिय ध्वजाबहाकले कर्मचारीको तलबलाई यससँग निरन्तर पाँचौँ महिना ढिलाइ गरेको छ । पटक पटक तपाईहरूबाट आएको आश्वासनका वाबजुद पनि नियमित तलब र उडान भत्ता समयमा पाउन सकिएको छैन ।

उहाँले थप्नुभयो, कर्मचारीहरूले नियमित रूपमा तलब पाउन नसकेपछि उनीहरू आर्थिक अभाबका कारण समस्यामा परेका छन् । व्यवस्थापन पक्षबाट देखाएको यथास्थितिवादी सोचका कारण राष्ट्रिय ध्वजावाहकको प्रगतिका लागि काम गर्ने कर्मचारीबीच आवेग बढेको छ, पत्रमा उल्लेख गरिएको छ ।

गुप्ताले विमान कम्पनीसँग विमानको अनिवार्य मर्मतका लागि चाहिने बजेटमासमेत समस्या देखिएको पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.