स्पेनमा दश तले भवनमा आगलागी, तीन जनाको मृत्यु

बाडालोना, स्पेन, २१ पुस : स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भएको पनि उद्धारकर्मीहरुले बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान शुरु भएको छ । प्रहरीले आगलागीबाट मृत्यु भएकाहरुको पहिचान गरिसकेको पनि जनाएको छ ।

घाइतेमध्ये बच्चा र अरु दुई व्यक्तिको अवस्था गम्भीर रहेको छ । आगो बिहान मात्र नियन्त्रणमा आउन सकेको थियो । दश तल्ले उक्त भवनको बाहिरी भाग पूरै कालो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.