राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित

एन्टानानारिभो, मदागास्कर, १२ पुस : मदागास्करका पूर्व राष्ट्रपति आन्ड्री रजोएलिना पुनः राष्ट्रपति निर्वाचित हुनुभएको छ । 

गत हप्ता सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी मार्क राभालोमानानालाई करिब १० प्रतिशतको मत अन्तरले पछि पार्दै रजोएलिना पुनः नेतृत्वमा आउनुभएको बिहीबार मदागास्करको निर्वाचन आयोगले घोषणा गरेको हो । 

रजोएलिनाले निर्वाचनमा ५५.६६ प्रतिशत मत ल्याउनुभएको आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी राभालोमानानाले ४४.३४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त हेरी राकोटामानानाले मत परिणामलाई घोषणा गर्दै भन्नुभयो, “दुवै पक्षबाट उठाएका निर्वाचनसम्बन्धी अनियमितताबारे छानविन भै सम्बोधन गर्ने प्रयास गरिएको र कतिपय स्थानका मतलाई पुनः मतगणना गरिएको छ ।” 

दुई चरणमा भएको निर्वाचनमा एक अर्का उम्मेदवारलाई निर्वाचनमा धाँधली गरेको आरोप लगाइएपछि निर्वाचन आयोगले उम्मेदवारका गुनासाको अध्ययनपछि मत परिणाम घोषणा भएको राकोटामानानाले बताउनुभयो । 

राष्ट्रपतिमा निर्वाचित रजोएलिना र राभालोमानाना लामो समयदेखिका प्रतिस्पर्धी दुई पूर्व राष्ट्रपति हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.