बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्गज्या शिविर बन्द गरिने

कोक्सास बजार, बङ्लादेश, ९ पुस : बङ्लादेशमा रहेका रोहिङ्गज्या शरणार्थी शिविरहरुलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ । 

देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरुलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरुमा रोहिङ्ग्या शरणार्थीहरु बस्दै आएका छन् । उनीहरुलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गर्नुभएको छ । 

म्यानमारको सरकारी सेनाले लखेटेपछि रोहिङ्ज्या समुदायका लाखौ मानिस शरणका लागि छिमेकी मुलुक बङ्लादेश छिर्न बाध्य भएका हुन् । 
निर्वाचन आयोगले सवै अधिकारीहरुलाई कोक्सास बजारबाट शरणार्थीहरूलाई निर्वाचन अवधिभरी नियन्त्रणमा आह्वान गरेको छ । 

“सुरक्षाको कारणले यस्तो गर्नु परेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरुलाई पनि बन्देज गरिएको छ, आपतकालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरुलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ,” उहाँले भन्नुभयो । 

यही डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल उहाँकी प्रतिद्वन्द्वी खालिदा जियाको दलका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । जिया भने ढाकाको जेलमा बन्दी हुनुहुन्छ । 

हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ । चुनावी मतसर्वेक्षणमा उहाँको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उहाँमाथि छ । 

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा हुनुहुन्छ । उहाँको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । 

बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रुपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.